
एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड र चेल्सीको खेल गोलरहित बराबरी भएको छ । शनिबार राति भएको खेलमा युनाईटेड र चेल्सीले गोलरहित बराबरी खेल्दै अंक बाढेका छन् । ओल्ड ट्राफोर्डमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा अंक बाढ्नु परेको हो ।
युनाईटेडका स्ट्राइकर एडिनसन काभानीले चेल्सीविरुद्धको खेलबाट डेब्यु गरे । फ्रेन्च क्लब पीएसजीबाट आएका उनी ड्यानियल जेम्सको स्थानमा ५८औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।बराबरीसँगै युनाईटेडले ६ खेलमा ८ अंक जोडेको छ ।
युनाईटेड तालिकाको ११औँ स्थानमा रहेको छ ।चेल्सीले ६ खेलमा ९ अंक जोडेको छ । चेल्सी तालिकाको छैठौँ स्थानमा रहेको छ ।







