
अबुधाबी, इन्डियन प्रिमियर लिग (आईपीएल)को १३ औं सिजनको ३९ औं खेल अन्तर्गत बुधबार राति भएको खेलमा रोयल च्यालेञ्जर्स बेंगलोर (आरसीबी) विजयी भएको छ ।
अबुधाबीमा भएको खेलमा बेंगलोरले कोलकाता नाइट राइडर्स (केकेआर)लाई ८ विकेटले पराजित गरेको हो । रोयल च्यालेञ्जर्स बेंगलोरको यो सातौं जित हो ।
रोयल च्यालेञ्जर्स बेंगलोरले १३.३ ओभरमा ८५/२ रन बनाएर जितको लक्ष्य हाँसिल गरेको हो । आरसीबीको जितको हिरो स्विंग बलर मोहम्मद सिराज (४–२–८–३) ले कोलकातालाई हराए ।
८५ रनको झिनो लक्ष्यलाई पछ्याएको बेंगलोरको टिमले पहिलो विकेट ४६ स्कोरमा हरायो । एरान फिंच (१६)लाई लोकी फग्र्यूसनले आफ्नो शिकार बनाए ।







