March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

आईपीएल: मुम्बईमाथि पञ्जाबको शानदार जित

युएई, इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गए राति भएको खेलमा किङ्ग्स इलाभेन पञ्जाबले तेस्रो जित निकालेको छ । पन्जाबले मुम्बईलाई सुपर ओभरमा पराजित गरेको हो ।

दुई पटकसम्म सुपर ओभरमा पुगेको खेलमा पञ्जाबले दोस्रो सुपर ओभरमा जित निकालेको हो । मुम्बईको भने यो तेस्रो हार हो ।

टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन बनायो । पञ्जाबले पनि २० ओभरमा ६ विकेट गुमाएर एक सय ७६ रन नै बनाएपछि खेल बराबरी भएको थियो । सुपर ओभरमा पञ्जाबले ५ रनको लक्ष्य दिएको थियो । मुम्बईले पनि चार रन बनाएपछि खेल दोस्रो पटक सुपर ओभरमा गएको हो ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको