November 24, 2020, Tuesday
२०७७ मंसिर ९, मंगलवार

आइपिएल: चेन्नई सुपर किङ्लाई हराउँदै दिल्ली शिर्ष स्थानमा

  • 17
    Shares

युएई, यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी-ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किङ्लाई पराजित गरेकाे छ । शारजाह रंगशालामा शनिबार राति सम्पन्न खेलमा दिल्लीले ५ विकेटको जित निकालेको हो ।

जितका लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १९.५ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । दिल्लीलाई जितको लागि अन्तिम ओभरमा १७ रन चाहिएको थियो । अक्षर पटेलले तीन छक्का प्रहार गरेपछि अन्तिम बल बाँकी छदै दिल्लीले भेट्टायो । उनले जडेजालाई दोस्रो, तेस्रो र पाँचौ बलमा छक्का प्रहार गर्दै जित पक्का गराए । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको