November 29, 2020, Sunday
२०७७ मंसिर १४, आईतवार

आईपीएल: राजस्थानलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

  • 4
    Shares

काठमाडौं, इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटको गएराती सम्पन्न खेलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटललाई हराउँदै अङ्क तालिकाको शीर्ष स्थानमा उत्रिएको छ ।

टस जितेर पहिले ब्याटिङमा उत्रिएको दिल्लीले २० ओभरमा ४ विकेटको क्षतिमा १६२ रन बनाएको थियो । १६३ रनको जितको लक्ष्य लिएर मैदानमा उत्रिएको मुम्बईले १९ दशमलव ४ ओभरमा ५ विकेटको क्षतिमा आफ्नो लक्ष्य पूरा गरेपछि यो खेल मुम्बईले ५ विकेटले जितेको हो ।

३६ रनमा ५३ रन जोडेवापत मुम्बईका क्यूनटन डे कक म्यान अफ म्याच घोषित भए । हिजो खेलमा पनि नेपाली क्रिकेटर सन्दिप लामिछाने भने मैदानमा उत्रिन पाएनन् । दुवै टिमले ७ खेलमा ५ जित निकाल्दा रनरेटका आधारमा मुम्बई इन्डियन फेरी तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

शीर्ष समाचार

धेरै पढिएको