December 5, 2020, Saturday
२०७७ मंसिर २०, शनिबार

आईपीएल : चेन्नईको तेस्रो जित, हैदराबाद २० रनले पराजित

  • 7
    Shares

यूएई, इन्डियन प्रीमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत चेन्नई सुपर किंग्सले तेस्रो जीत हासिल गरेको छ । यो हैदराबादको पाँचौं पराजय हो ।

यूएईमा जारी १३ औं संस्करणको खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादमाथि २० रनको उत्कृष्ट जित हासिल गरेको हो ।

जितको लागि १६८ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ८ विकेटको क्षतिमा १४७ रनमात्र बनायो । हैदराबादलाई जितको लागि अन्तिम ओभरमा २२ रन आवश्यक थियो । ड्वेन ब्राभोले अन्तिम ओभरमा १ विकेटका साथ १ रनमात्र दिँदै महत्वपूर्ण दुई अंक पक्का गराए । हैदराबादका मध्यक्रमका ब्याट्सम्यान केन विलियम्सनले ३९ बलमा ७ चौकासहित सर्वाधिक ५७ रन जोडे पनि जितको लागि पर्याप्त रहेन ।

शीर्ष समाचार

धेरै पढिएको