April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

आईपीएल: कोलकातामाथि बैंगलोरको ८२ रनको उत्कृष्ट जित

यूएई, यूएईमा जारी इन्डियन प्रीमियर लिग (आईपीएल) मिडट्रमको सोमबार भएको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले कोलकाता नाइट राइडर्समाथि शानदार जित निकालेकाे छ ।

बैंगलोरले कोलकातामाथि ८२ रनको उत्कृष्ट जित निकालेको हाे भने जारी सिजनमा याे बैंगलोरकाे पाँचै जित हाे । जितसँगै बैंगलोर अंक तालिकामा तेस्रो स्थानमा पर्न सफल भएको छ ।

१९५ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ९ विकेट गुमाउँदै ११२ रन बनाउन सक्यो । कोलकाताका कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । कोलकाताले निरन्तर विकेट गुमाइरह्यो ।

बिहिबार बैंगलोरले किंग्स इलेभेन पन्जाबसँग खेल्ने छ। कोलकाताले भने शुक्रबार मुम्बई इन्डियन्ससँग खेल्नेछ।

शीर्ष समाचार

धेरै पढिएको