September 23, 2021, Thursday
२०७८ आश्विन ७, बिहीबार

नोभाकलाई हराउँदै राफेल नाडालले जिते फ्रेन्च ओपन सिङ्गलको उपाधी

काठमाडौं, विश्व नम्बर एकमा रहेका नोभाक जोकोभिचलाई हराउँदै राफेल नाडालले फ्रेन्च ओपन सिङ्गलको उपाधी जितेका छन् ।

गएराती सम्पन्न खेलमा नाडालले जोकोभिचलाई सिधा सेटमा ६-०, ६-१ र ७-५ ले पराजित गर्दै फ्रेन्च ओपन फाइनलकै ऐतिहसिक जित निकालेका हुन् ।

यस जितसँगै नाडालले रोजर फेडेररको २० ग्राण्ड स्लामको बराबरीमा आफूलाई उभाएका छन् । आफ्नो १८औं ग्राण्डस्लामको उपाधी जित्न फाइनलमा उत्रिएका जोकोभिच २ घन्टा ४१ मिनेटको संघर्षपछि पराजित भएका थिए ।