September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

आईपीएल: चेन्‍नइ ३७ रनले पराजित

दुबई, इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत हिजो भएका खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले चेन्‍नइ सुपर किङ्सलाई ३७ रनले पराजित गरेको छ । बैंगलोरले जितका लागि दिएको १७० रनको लक्ष्य पछएको चेन्‍नइले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३२ रन बनायो ।

बैंगलोरका लागि अंबाती रायडुले सर्वाधिक ४२ रनको पारी खेले । त्यस्तै नारायन गजादेशनले ३३ रन जोडे । बलिङतर्फ बैंगलोरका क्रिस मोरिसले सर्वाधिक तीन विकेट लिए । त्यस्तै वासिन्टन सुन्दरले दुई विकेट लिए । त्यस्तै युजेभिन्द्र चहाल र इस्रु उडानले समान एक–एक विकेट लिए ।

शीर्ष समाचार

धेरै पढिएको