
काठमाडौं, गएराती सम्पन्न खेलमा सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा आफ्नो तेस्रो जित निकालेको छ ।
हैदरावादले पञ्जावलाई ६९ रनको फराकिलो जित हासिल हो । टस जितेर पहिले ब्याटिङमा उत्रिएको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २०१ रन बनाएको थियो ।
२०२ रनको ठूलो जितको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको किङ्स इलेभेन पञ्जावले १६ दशमलव ५ ओभरमा सबै विकेटको क्षतिमा १३२ रन मात्र बनाउन सकेपछि यो जित हैदरावादको हातमा गएको हो ।
आज साँझ हुने खेल भने सन्दिप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच हुँदैछ ।






