
काठमाडौं, इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको गएराति सम्पन्न खेलमा कोलकाता नाइटराइडर्सले चेन्नइ सुपर किङ्सलाई १० रनले हराएको छ ।
टस जितेर पहिले ब्याटिङमा उत्रिएको कोलकाता नाइटराइडर्सले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १६७ रन बनाउन सफल भएको थियो ।
जितको लक्ष्यसहित १६८ रन पछ्याउँदै महेन्द्रसिंह धोनी क्याप्टेनशीपमा ब्याटिङमा उत्रिएको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५७ रनमा समेटिएपछि यो जित कोलकाताको हातमा गएको हो । आज साँझ हुने खेल सनराईजर्स हैदराबाद र किङ्स इलेभन पञ्जावबीच हुँदैछ ।-







