
काठमाडौं, जर्मन बुन्डेस लिग फुटबलमा साविकको विजेता वार्यन म्युनिखले रोमाञ्चक जित निकालको छ । आइतबार राति भएको खेलमा वार्यनले हेर्थालाई ४–३ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा भएको खेलमा वार्यनलाई जित दिलाउन रोवेर्ट लेवान्डोस्कीले चार गोल गरे । उता हेर्थाका लागि योन कोर्डाबा, माथेउस कुन्चा र जेसिसले एक–एक गोल गरे ।
खेलको ४० औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै वायर्नलाई अग्रता दिलाए । ५१ औँ मिनेटमा लेवान्डोस्कीले वायर्नको अग्रता दोब्बर पारे ।एजेन्सी






