January 22, 2021, Friday
२०७७ माघ ९, शुक्रबार

आईपीएल: पन्जाब चेन्‍नईसगँ १० विकेटले पराजित

  • 5
    Shares

दुबई, इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नईले २८ औं अर्धशतक पूरा गरेपछि चेन्नई सुपर किंग्सले किंग्स इलेभेन पन्जाबलाई १० विकेटले हराएको छ । जित हासिलका लागि १ सय ७९ रन पछ्याएको चेन्नईले १७.४ ओभरमा १ सय ८१ रन बनायो ।

यसअघिका चार इनिङ्समा खराब खेलेको अस्ट्रेलियाली ब्याट्सम्यान वाटसनले दबाबमा प्रभावशाली प्रदर्शन गरे । दुवैले समान बल सामना गरे ।

स्कोर बोर्डमा भने उनले भन्दा फाफ डु प्लेसिसले बढी रन बनाए । वाटसनले ५३ बलमा ८३ रन बनाए । उनले ११ चौका र ३ छक्का प्रहार गरे । उनले पहिलो विकेटमा दक्षिण अफ्रिकी ब्याट्सम्यान फाफ डुसँग मिलेर ठोस नटआउट साझेदारी गरे र टिम कुनै पनि समय दबाबमा आएन ।बीबीसी

शीर्ष समाचार

धेरै पढिएको