
काठमाडौं, लिसेस्टर सिटी वेस्ट ह्यामसँग घरेलु मैदानमै ३-० गोलले पराजित भएको छ । इंग्लिस प्रिमियर लिग फुटबलमा आइतबार सम्पन्न खेलमा वेस्ट ह्यामले लिसेस्टरमाथि ३-० को जीत निकालेको हो ।
वेस्ट हयामका लागि एन्टोनिओ र फोरनाल्सले पहिलो हाफमै २-० को अग्रता लिएका थिए । खेलको अन्तिमतिर वोयनले गोल गरी जित निश्चित गरेका थिए ।
लिग जित्ने दौडमा रहेको लिसेस्टरलाई हारले धक्का पुगेको छ । लगातार तीन खेल जितेको लिसेस्टर हारका बाबजुद दोस्रो स्थानमा छ ।एजेन्सी






