April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

प्रिमियर लिग क्लब लिभरपुलका फरवार्ड मानेलाई कोरोना पुष्टि

काठमाडौं, सेनेगल राष्‍ट्रिय फुटबल टोली एवम् प्रिमियर लिग क्लब लिभरपुलका फरवार्ड साडियो मानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । क्लबकै मिडफिल्डर थियागो अलसान्तारालाई कोरोना पुष्टि भएको तीन दिनपछि नै मानेलाई पनि कोरोना संक्रमण पुष्टि भएको क्लबले जनाएको छ ।

लिभरपुलले जारी गरेको एक विज्ञप्तिअनुसार उनमा कोरोनाको सामान्य लक्षण देखिएपनि उनको स्वास्थ्य अवस्था सामान्य रहेको र सेल्फ आइसोलेसनमा बसिसकेको उल्लेख गरिएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको