March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

आईपीएल: पञ्जाबलाई ४८ रनले हराउँदै मुम्बई शिर्ष स्थानमा

युएई, इन्डियन प्रिमियर लिग (आईपीएल) को १३ औँ खेल अन्तर्गत मुम्बई इन्डियन्सले किंग्स इलेवन पञ्जाबलाई ४८ रनले पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले १ सय ९२ रनको लक्ष्य दिएको थियो । पञ्जाबले ८ विकेटको क्षतिमा १ सय ४३ रन मात्र बनाउन सक्यो । मुम्बई विजयपछि पाँचौं स्थानबाट शीर्षस्थानमा पुगेको छ ।

मुम्बई र पन्जाबले ४–४ खेल खेलेका छन् भने अन्य ६ टोलीले ३–३ खेल खेलेका छन् । मुम्बईको यो दोस्रो जित हो । पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग पराजित मुम्बईले त्यसपछिका एक खेल जितेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको