January 18, 2021, Monday
२०७७ माघ ५, सोमबार

आइपीएल: राजस्थानमाथी कोलकाताको शानदार जित

  • 10
    Shares

काठमाडौं, इन्डियन प्रिमियर लिग आइपीएल अन्तर्गत गएराती सम्पन्न खेलमा कोलकाता नाइटराइडर्ससँग राजस्थान रोयल्स पराजित भएको छ ।

युएईको दुबई क्रिकेट स्टेडियममा कोलकाता नाइटराइडर्सले ३७ रनले पछि पार्दै राजस्थान रोयल्सलाई पराजित गरेको हो । टस जितेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा आफ्नो ६ विकेट गुमाउँदै १७४ रन बनाउन सफल भएको थियो ।

१७५ रनको विजय लक्ष्य लिएर ब्याटिङमा उत्रिएको राजस्थानले आफ्नो २० ओभरको पारीमा ९ विकेट गुमाउँदै १३७ रनमा समेटिएपछि यो जित कोलकाताको हातमा गएको हो । आज साँझ  मुम्बई इन्डियन्स र किङ्स इलेभेन पञ्जाव शेख जायद स्टेडियममा खेल्दैछन् ।

शीर्ष समाचार

धेरै पढिएको