
काठमाडौं, इंग्लिस फुटबल लिग (ईएफएल) कपको चौथो चरणको खेलमा टोटनहम हस्टपरले लन्डन क्लब चेल्सीलाई हराएकाे छ ।
गएराति भएको खेलमा टोटनहमले चेल्सीलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा स्थान बनाएकाे हो ।
निर्धारित समयमा दुवैतर्फबाट १–१ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । अन्तिम पेनाल्टीमा चेल्सीका मासन माउन्ट चुकन पुगे ।






