
युएई, इन्डियन प्रिमियर लिग (आईपीएल) को आफ्नो तेस्रो खेलमा सनराईजर्स हैदराबादले पहिलो जित हासिल गरेको छ। मंगलबार राती भएको खेलमा दिल्ली क्यापिटल्सलाई हराउँदै हैदराबादले १५ रनको जित निकालेको हो ।
हैदराबादको पहिलो जितमा नेपाली क्रिकेटर सन्दीप लामिछाने आबद्ध टिम दिल्लीले पहिलो हार व्यहोरेको छ ।
आज राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सबीच खेल बेलुकी ७ : ४५ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल सुरु हुनेछ ।






