
युएइ, आइपीएलअन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभेनविरुद्ध राजस्थान रोयल्सले लगातार दोस्रो जित निकालेको छ । रनको वर्षा भएका खेलमा राजस्थानले पञ्जाबको २२३ रनको लक्ष्य भेटाएको हो ।
निर्धारित २० ओभरमा पञ्जाबले मात्र २ विकेट गुमाएर बनाएको २२३ रनको लक्ष्य राजस्थानले १९ ओभर ३ बलमा भेटाएको थियो । पञ्जाबका लागि ओपनरद्वय लोकेश रावल र मयंका अग्रवालले ठोस सुरुवात गरेका थिए ।
कप्तान रावलले ५४ बलमा ६९ रन बनाएका थिए भने अग्रवालले ७ छक्का र १० चौकाको सहयोगमा ५० बलमा १०६ रन रनको योगदान दिए । त्यसपछि ग्लेन म्याक्सवेलले १३ र निकोलस पुरनले २५ रन बनाउँदा राजस्थानविरुद्ध चुनौति खडा भयो ।






