
एजेन्सी, इंग्लिस प्रिमियर लिग फुटबलमा इभरटन कठिन जीत निकाल्दै शिर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा क्यालभर्ट लिविन र रिचालिसनको गोलबाट इभरटनले क्रिस्टल प्यालेसमाथि २-१ को जीत निकालेको हो ।
यसैगरी, खेलको अन्तिम समयमा पेनाल्टी पाएपछि म्यानचेस्टर युनाइटेडले ब्रिगटनमाथि ३-२ को कठिन जीत निकालेको छ । खेलमा ब्रिगटनले पेनाल्टीमार्फत् जीत निकालेपछि युनाइटेड खेलमा फर्किएको थियो ।






