
काठमाडौं, बैंगलोरका कप्तान विराट कोहलीलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना गरिएको छ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत किंग्स इलेभेन पञ्जाबविरुद्धको खेलमा स्लो ओभर रेटमा बलिङ गरेको अभियोगमा कोहलीलाई १२ लाख जरिवाना गरिएको हो ।
लिगको बयानमा भनिएको छ, रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहलीलाइृ जरिवाना गरिएको छ । कोहलीको टीमले बिहीवार किंग्स इलाभेन पन्जालविरुछ स्लो ओभर रेटमा बलिङ गरेको आरोप छ।’







