
युएई, इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा किंग्स इलेभेन पञ्जाबका सामू रोयल च्यालेन्जर बंगलोर (आरसीबी) ९७ रनले पराजय भएको छ ।
आरसीबीका कप्तान बिराट कोहलीको कमजोर प्रदर्शनले गर्दा बंगलोरले सो नतिजा व्यहोर्नु परेको थियो । उनैले पञ्जाबका कप्तान केएल रावललाई दुई पटक जीवन दान दिएपछि आरसीबीका अगाडि चुनौतिको पहाड खडा भएको थियो ।
पञ्जाबका कप्तान रावलले ६९ बलमा ७ छक्का र १४ चौकाको मद्दतले १३२ रन बनाएर जीतको बलियो आधार बनाएका थिए । मोयांक अग्रवालले २६ र निकोलस पुरनले १७ रन बनाउँदा निर्धारित ओभरमा टिमको स्कोर २०६ रनको बनेको थियो ।






