November 30, 2023, Thursday
२०८० मंसिर १४, बिहीबार

भक्तपुरमा आजबाट बिस्केट जात्रा सुरु हुँदै

भक्तपुर, आजबाट भक्तपुरमाआठ रात नौ दिन मनाइने बिस्का (बिस्केट) जात्रा सोमबार सुरु हुँदैछ । सोमबार साँझ टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै जात्राको सुरुवात गर्ने प्रचलन छ ।

यश जात्राको मुख्य आकर्षण नै रथ तानातान गर्नु हो । काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतल्ले मन्दिर प्रांगणबाट माथिल्लो (थने)  र तल्लो (क्वने) टोलका बासिन्दाले तानातान गर्दै जात्राको शुरुवात गर्छन्।

सो रथ तान्नुअघि भैरवनाथको रथमा खड्ग, तरबार, निशान राख्ने विधान छ। रथको अगाडि पाँच र पछाडि चार वटा डोरी समातेर जात्रालुले तान्छन् ।

यसरी तानातान गर्ने क्रममा थनेतर्फ पहिला तानेर लानसके दत्तात्रयसम्म लैजाने र त्यहाँबाट तानेर पुनः टौमढी हुँदै क्वनेतर्फको टेखापुखुसम्म ल्याएर त्यहाँबाट पनि फर्काएर गःहिटीमा रथ पुर्‍याएपछि पहिलो दिनको जात्रा सम्पन्न हुन्छ ।

त्यसैगरी पहिले क्वनेतर्फ तानेर लानसके टेखापुखुसम्म ल्याउने र त्यहाँबाट पुनः टौमढी हुँदै दत्तात्रेय पुर्‍याएर त्यहाँबाट फर्काई गःहिटीमा रथ पुर्‍याउने चलन छ।

शीर्ष समाचार

धेरै पढिएको