December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

सिरहाको स्थानीय तहमा लकडाउन

सिरहा, कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सिरहाले शान्ति सुरक्षा, मुद्दा र ठाडो उजुरीबाहेक सम्पूर्ण सेवा अनिश्चिकालका लागि बन्द गरेको छ ।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले सूचना प्रकाशित गरी आफ्नो एक जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएकाले अर्काे सूचना जारी नहुञ्जेलसम्मका लागि शान्ति सुरक्षा, मुद्दा र ठाडो उजुरीबाहेक सम्पूर्ण सेवा बन्द गरिएको जानकारी दिनुभयो ।

अत्यावश्यक काम नपरेसम्म सेवाका लागि नआउन र आउनै परेमा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न आग्रहसमेत गर्नुभएको छ । यस्तै कोरोना सङ्क्रमण बढ्दै गएपछि सिरहाको आठ स्थानीय तहले साउन ३२ गतेसम्म लकडाउन गरेको छ । पछिल्लोपटक सिरहाको सुखीपुर नगरपालिका तथा भगवानपुर र विष्णुपुर गाउँपालिकाले छुट्टाछुटै सूचना प्रकाशित गरी आजदेखि साउन ३२ गतेराति १२ बजेसम्म आआफ्नो पालिकाभित्र लकडाउन गरेको जनाएको छ ।


सिरहाको १७ स्थानीय तहमध्ये यसअघि सिरहाको लहान, गोलबजार, मिर्चैया, धनगढीमाई र सिरहा नगरपालिकाले साउन ३२ सम्म लकडाउन गरिसकेको छ ।

शीर्ष समाचार

धेरै पढिएको