आज माघे संक्रान्ति मनाइँदै

काठमाडौं, माघे संक्रान्ति पर्व आज देशभर मनाइँदैछ । आजबाट सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ ।
विशेषगरी आज विभिन्न नदी तथा तालतलाउमा स्नान गरी मन्दिरमा पूजाआजा गर्नुका साथै परिवार तथा आफन्त भेला भई घिउँ, चाकु, तरुल, सखरखण्ड, खिँचडी लगायतका परिकार खाने प्रचलन छ ।
आजदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुने खगोलशास्त्रीहरुको भनाई छ ।
माघे संक्रान्तिलाई थारु समुदायमा माघी पर्वको रुपमा मनाउने गरिन्छ । पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुर लगायत जिल्लामा माघीको विशेष रौनक छ । थारु समुदायले गाउँको मुखिया चयन गर्ने, बार्षिक योजना बनाउने लगायत कार्य आजैदेखि गर्ने प्रचलन छ ।
प्रतिकृया दिनुहोस्