January 26, 2021, Tuesday
२०७७ माघ १३, मंगलवार

किराँती समुदायको महानचाड ‘चासोक तङ्नाम’ विविध पूजा गरी मनाइँदै 

  • 1
    Share

ताप्लेजुङ, नेपालका आदिवासी किराँत लिम्बू समुदायको महानचाड ‘चासोक तङ्नाम’ विविध सांस्कृतिक पूजाआजा गरी देशभर मनाइँदै छ । यस पर्वमा घरमा भित्र्ययाइएको नयाँ अन्नबाली कुलदेवता युमामा चढाइसकेपछि खानको लागि अनुमति लिने चलन छ ।

तङ्नामको अवसरमा नयाँ अन्नबालीबाट बनाइएका परिकार खाने चलन छ । तङ्सिङ, च्याब्रुङ ९के० बजाएर केलाङ, याःलाङ, हाक्पारे, ख्याली, तुवा र ताम्के गाउँदै याक्वा सेवा गरिन्छ ।

पङ्लुङ, लितोङजस्ता साँस्कृतिक खेल पनि खेलाइन्छ । पछिल्लो समय चासोक तङ्नामको अवसरमा लिम्बू समुदायमा शुभकामना आदानप्रदान, आत्मियता र सद्भाव साटासाट गरी मनाउने चलन पनि विकसित हुँदै गएको छ । प्रकृति पुजक लिम्बू समुदायले प्रकृतिको पूजा गर्दै यो चाड धुमधामका साथ मनाउने गर्दछन् ।

यसवर्ष ताप्लेजुङमा विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणका कारण भव्य कार्यक्रम गरिएको छैन । स्वास्थ्य सुरक्षा मापदण्डलाई ख्याल गर्दै सामान्य शुभकामना कार्यक्रम मात्र गरिने किराँत याक्थुङ चुम्लुङ, ताप्लेजुङ कार्यवाहक अध्यक्ष डिबी पालुङ्वाले बताए ।

शीर्ष समाचार

धेरै पढिएको