मकवानपुरमा ५ महिनामा घरेलु हिंसा सम्बन्धी ९८ वटा उजुरी दर्ता

मकवानपुर, मकवानपुरमा चालु आर्थिक वर्ष २०७७/०७८ को ५ महिनामा महिला माथि हुने घरेलु हिंसा सम्बन्धी ९८ वटा उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुुरको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको श्रावणदेखि मंसिर मसान्तसम्ममा घरेलु हिंसा सम्बन्धी ९८ वटा उजुरी दर्ता भएको हो ।
प्रहरी तथ्याङ्क अनुसार श्रावणमा २१, भदौमा १४, असोजमा २३, कार्तिकमा १४ र मंसिरमा २६ गरी ९८ वटा उजुरी दर्ता भएको हो । दर्ता भएका ९८ मध्ये ६१ उजुरीलाई मिलापत्रमा टुंग्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
त्यस्तै १७ वटा उजुरीलाई अदालत पठाइएको छ भने २० वटा उजुरी उपर कारवाही हुन बाँकी रहेको प्रहरीले जनाएको छ । श्रावणको १०, भदौको ११, असोजको १९, कार्तिकको ९ र मंसिरको १२ वटा उजुरीलाई मिलापत्रमा टुंग्याइएको मकवानपुर प्रहरीको महिला सेलले जानकारी दिएको छ ।
त्यस्तै श्रावणको ६, भदौको २ , असोजको ३, कार्तिकको १ र मंसिरको ५ उजुरीलाई अदालत पठाइएको छ । बाँकी उजुरी उपर कारवाही हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्