January 24, 2021, Sunday
२०७७ माघ ११, आईतवार

अपाङ्गता भएका व्यक्तिहरुलाई माया, सद्भाव र हौसलाको आवश्यकता छ: अध्यक्ष सृजना

  • 1
    Share

विराटनगर, प्रदेश नं १ का प्रहरी श्रीमती संघकी अध्यक्ष सृजना थापा कार्कीले अपाङ्गता भएका व्यक्तिहरुलाई माया, सद्भाव, समान हेराइ र हौसलाको आवश्यकता भएको बताएकी छन् ।

“कोभिड-१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता: अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दीगो विकासको लागि हामी सबैको प्रतिवद्धता” भन्ने मुल नाराका साथ मनाइएको २९औं अपाङगता दिवसका अवसरमा विराट बहिरा माध्यामिक विद्यालय विराटनगरमा बिहिवार भएको शैक्षिक सामग्री बितरण कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन् ।

फरक क्षमता भएका व्यक्तिहरुलाई समान अवसरका साथ सकारात्मक वातावरण प्रदान गर्न सके उनिहरु व्यवस्थित ढङ्गले कुनैपनि चुनौतिको सामना गर्न सक्ने उनको भनाई थियो ।

श्रीमती थापा कार्कीले फरक क्षमता भएका विद्यार्थीहरुले सृजनशिलता, आत्मविश्वास र मिहेनतले गर्दा नै समाजका जुनसुकै स्थानमा पनि अन्य व्यक्तिहरु सरह नै सृजनात्मक कार्य गरेर आफुलाई स्थापित गर्न सक्ने र, आफुलाई उदाहारणीय बनाउन सक्ने बताइन् ।

अपाङगता दिवसको अवसरमा प्रदेश नं १ का प्रहरी श्रीमती संघको आयोजनामा उक्त बिद्यालयमा “प्रहरी मेरो साथी” शिर्षकमा चित्रकला प्रतियोगिता समेत संचालन गरिएको थियो । उक्त प्रतियगितामा प्रथम हुने निशा खतिवडा, द्धितिय हुने कमलेश बाबु पुर्वे र तृतिय हुने पुनम कुमारी यादवलाई संघकी अध्यक्ष थापा कार्कीले पुरस्कार बितरण समेत गरेकी थिइन् ।

यसैगरी सोही कार्यक्रममा सो विद्यालयका २५ जना छात्रा छात्रहरुलाई न्यानो कपडा ट्र्याकसुट र मोजा तथा शैक्षिक सामग्रीहरु, ह्याण्ड सेनिटाईजर, स्टिमर र मास्क लगायतका स्वास्थ्य सामग्रीहरु, खाद्यान्न र खेलकुदका समानहरु समेत बितरण गरिएको थियो ।

सो कार्यक्रमको संचालन विद्यालयकी सहायक प्रधानाध्यापक रमा आचार्यले गतेकी थिइन भने स्वागत मन्तव्य राख्दै प्रधानाध्यापक मिनु अधिकारीले सहयोगी हातहरुप्रति हार्दिक कृतज्ञता ब्यक्त गरेकी थिइन । प्रअ अधिकारीले यस्ता कार्यक्रमले अध्ययनरत विद्यार्थीहरुलाई थप हौसला प्रदान भएको बताइन् ।

कार्यक्रममा विद्यार्थीमध्येबाट निशा खतिवडाले सांकेतिक भाषामा आफ्नो भनाई राख्ने क्रममा यस्तो कार्यक्रमको पुन आशा राखेको बताउँदै सबैको माया र स्नेहले नै फरक क्षमता भएका ब्यक्तिहरुको आत्मविश्वास बढ्ने हुँदा सबैको समान हेराईको खाँसो रहेको बताईन भने सोही बिद्यालयकी शिक्षिका जानुका पोखरेलले सांकेतिक भाषा दोभाषेको भुमिका निभाएकी थिइन् ।

शीर्ष समाचार

धेरै पढिएको