
गायिका समिक्षा अधिकारीले मध्यरातमा ‘मलाई अति नै गा¥हो भयो अब बाँच्न सक्दिन’ भनेर लेखेपछि उनका फ्यानहरु दुखी भएका छन् ।

गायनमा पुन : सक्रिय हुन थालेकी उनि विभिन्न झमेलामा पर्दै आएकी थिइन्। समिक्षा पछिल्लो समय गायनमा जस्तै सामाजिक सञ्जालमा पनि सक्रिय छिन् । टिकटक भिडियो र नयाँ नयाँ तस्विर पोष्ट गर्दै आएकी समिक्षाले नकारात्मक प्रतिक्रियाको समाना गर्दै आएकी छिन् । उनका हरेक तस्विर र भिडियोमा एकथरी दर्शककले तल्लोस्तरको प्रतिक्रिया दिने गरेका छन् । यहि प्रतिक्रिया पनि उनका लागि तनाब हुने गरेको छ ।
हिजो मध्यरातको एउटा पोष्टले भने उनका तस्विरमा नकारात्मक प्रतिक्रिया गर्नेहरुलाई समेत झस्काएको छ । तर, उनले स्टाटस लेखेको केही समयमै उनले स्टाटरस डिलेट गरेकी थिइन् । उनको स्टाटसको स्कृन सर्ट सामाजिक सञ्जालमै भेटिएको छ ।







