
काठमाडौं, नेपाली हिन्दु नारिहरुको महान चाड हरितालिका तीजको अवसरमा अखिल नेपाल महिला सङ्घको आयोजकत्वमा बुढानिलकण्ठ वडा नं. १० का महिला समुहद्वारा कोभिड-१९ विरुद्ध सचेतनाको दुई दिने कार्यक्रम आइतबार समापन गरिएको छ ।
शनिबार र आइतबार सञ्चालन यस कार्यक्रम कोरोना जोखिम न्यूनीकरण तथा रोकथाममा सहयोग पुर्याउने उदेश्यले टोल र चोकमा प्रचार प्रसार गरिएको कार्यक्रममा सहभागी सरिता रिमाल बताउछ्न ।


रिमालका अनुसार कार्यक्रममा सहभागी सबैले “आफु सुरक्षित रहि परिवारलाई सुरक्षित गराँऔ” भन्ने मुल नाराका साथ आउदो २०७७ सालको तीजको अवसरमा उक्त कार्यक्रम सञ्चालन गरिएको बताएका छन ।





