
कपिलवस्तु, कपिलवस्तुको कृष्णनगर नगरपालिकामा झाडापखालाका कारण दुई जनाको मृत्यु भएको छ भने कृष्णनगरको तीन वटा वडामा झाडापखालाका दुई सय भन्दा धेरै बिरामी अस्पताल भर्ना भएका छन् ।
नगरपालिकाका सूचना अधिकारी कामेश्वर प्रसाद दुवेका अनुसार नगरपालिकाको वडा नम्बर ७, ८,९ मा बान्ता र झाडापखालाका बिरामी भेटिएका हुन् । स्थानीय शिवराज अस्पताल र क्लिलिनहरुमा बिरामीको उपचार भइरहेको उनले बताए ।
नगरपालिकाको बहादुरगञ्ज, सुखरामपुर, देवानगढिया, जमुनी, दयानगर, विजयनगर,लगायतका गाउँमा झाडा पखाला र बान्ताका बिरामी बढिरहेको दुवेले भनाइ छ ।
यसैगरी बिरामीको चाप बढेपछि अस्पतालमा शय्या अभाव भएपछि एउटै बेडमा दुई जना र कतिपयलाई खुला आकाशमुनि उपचार गर्नुपर्ने अवस्था आएको शिवराज अस्पतालका सूचना अधिकारी रविप्रकाश उपाध्यायले बताएका छन् ।







