
काठमाडौं – समाजमा यस्तो घटनाहरु कहिलेकाही घट्ने गरेकाे छ । कतै भर्खरै पाएकाे बच्चा अनकन्टार ठाउँमा लगेर छाेडिदिने त कतै जिउदै बच्चा नै छाेडिदिने जसकाे मेन कारण अवैध सम्बन्ध हुने गरेकाे छ । अवैध सम्बन्धबाट जन्मिएको बच्चा समाजले नसुइकार्ने र आफ्नै बेइजत हुने डरले पनि जन्मिएको बच्चा यसरी बेवारिसे अबस्थामा छाडिदिने गरेकाे पाइएकाे छ ।
सोमबार साँझ ६ बजेतिर कपनस्थित आकाशेधाराको चौरमा केही बालबालिका खेल्न गएका थिए। नजिकैको ‘केयर बाल गृह’ मा बस्ने उनीहरूले चउरमा साँझ अनौठो कुरा देखे। छेउको झाडीमा एउटा बक्सा थियो। बक्साभित्र न्याना कपडाले शरीर पूरै बेरिएको बच्चा थियो। यति सुन्दर बालिका एक मानवकाे ज्यान यसरी बेवारिसे अबस्थामा छाडेर जाँदा मान्छेको मानवीयतामा नै प्रश्न उब्जाएको छ
घरमा ओछ्यानमै पल्टिएजसरी बच्चा हाई हाई गरिरहेको थियो। कार्टुनभित्र बच्चा देखेपछि केटाकेटी झुम्मिए। उनीहरूले ती बालिकाको तस्बिर र भिडिओसमेत खिचे। भिडिओमा बालिकाहरूले ‘हाम्रो घरमा लगम् न दिदी प्लिज। कस्तो क्युट छ हामीलाई मनपर्यो। हाम्रो बहिनी बनाउने नि प्लिज,’ भनेको सुनिन्छ।
त्यतिन्जेल बालिकासँग गएकी निष्मा बोहोराले ‘मामु’लाई खबर गरिसकेकी थिइन्। उनीहरूकी ‘मामु’ पुष्पा अधिकारी हुन्। पुष्पाले ‘केयर बाल गृह’ मा १५ बालिका र एक बालकको हेरचाह गर्दै आएकी छिन्। सेताेपाटि







