
काठमाडौं – गायिका सोफिया थापाले बजारमा ल्याएकाे तीज गीतमा हिन्दु नारीहरुको महानचाड हरितालिका तीजको अवसरमा नो-व्रत जस्तो सब्द चयन गरी नारीहरुकाे महान चाड हरितालिका तीजकाे अपमान भएको बुझिएको छ । तीजकाे व्रत हिन्दू धर्ममान्ने नारीहरुकाे लागि अत्यन्तै महत्त्वपूर्ण व्रतकाे रुपमा मानि आएकाे छ । तीजको व्रतमा नारीहरुले दिनभरी पानी समेत नपिईकन आफ्नाे पतिको लामाे आायु र सुस्वास्थ रहाेस भनी बिवहित नारीले लिने गर्छन भने बिहे नगरेका नारीले स्वइच्छाले विभिन्न कामना गरि व्रत बस्ने गर्छन् ।
तीजमा सबैभन्दा महत्त्वपूर्ण व्रतलाई नै मान्ने गरेकाे पाइन्छ । तर पछिल्लो समय गाइका साेफियाले तीजकाे बारे गीतमा नाे व्रत भन्ने शब्द राखेकाे भन्दै चाैतर्फी आलोचना भैरहेकाे छ । उक्त शब्दले हिन्दु धर्म र हिन्दु नारीहरुकाे आस्थामा ठेस पुग्ने भन्दै विश्व हिन्दु युवासंघले नाेे व्रत भन्ने शब्द हटाउनुपर्ने माग राखेकाे छ । विश्वहिन्दु युवासंघका अध्यक्ष सागर थापाले गाइकाे आफू व्रत बस्ने नबस्ने स्वयमकाे चाहना भएको तर उक्त शब्दले आम नारीकाे आस्थामा ठेसपुग्ने भन्दै शब्द हट्नुपर्ने बताएका छन् ।
विश्व हिन्दु युवासंघका अनुसार गीतमा नाे व्रत राखेर बजारमा आउनु नेपालको संविधानले सनातन देखि मान्दै आएको आफनो धर्म,संस्कार,परम्परालाई ठेस पुग्ने सक्ने भन्दै हटाउनुपर्ने र ठेस पुराउन नहुने भनिएको छ। इस्लाम धर्मालम्बीहरुले हरेक बर्ष एक महिना लामो रमजानका अवसरमा व्रत बस्ने गर्छन् त्यो उनिहरुकाे नैसर्गिक अधिकार हो । तर गायिकाले व्रत बस्ने वा नबस्ने स्वयंकाे ब्यक्तिगत स्वतन्तत्रा हो। तर अरु नारीहरुको आस्था र विश्वासमा आघात पुराउन पनि हुदैन भन्ने कुरा बुझनु जरुरी रहेकाे संघको फेसबुक पेजमा उल्लेख गरेकाे छ ।
र गीतमा उठाए अनुसार तीजको अवसरमा गहनाको तडकभडक हुनुहुदैन यस कुरामा सवै सहमत हुनुपर्छ र छौ।उक्त गीतको अरु कुनैपनि विषय संग हाम्रो असहमति छैन केवल तीजमा नो-व्रत प्रति मात्र हाम्रो असहमति हो।भन्दै यस संघको नामवाट कोहीकसैले गायिका वा अन्य कसैलाई धम्की नदिइएको विश्वहिन्दु युवासंघले उल्लेख्य गरेकाे छ ।
उक्त गीतका निर्देशक मनोज संग संघका अध्यक्षले उक्त गीतवाट नो-व्रत भन्ने सब्द हटाईदिन अनुरोध गरिएको वाहेक संघको नाम कोही कसैले लिएर गायिका, प्रसारण संस्था वा अरु कोही कसैलाई कुनै पनि प्रकारको धम्की दिईएको भए सो कार्यको भत्सर्ना गदै प्रचलित ऐनकानुन अनुसार उपचार खोज्न सकिने अवस्थालाई गलत मनशाय राखेर गालीगलौज वा अन्य कुनैपनि प्रकारको धम्की दिईएको भए सो कार्यको निन्दा एवं भत्सर्ना गदै संघको नाम लिएर कोही कसैवाट कानुन विपरीतका गलत कार्य भए संघ जवाबदेही नहुने समेत उल्लेख गरिएको छ ।





