
सिन्धुपाल्चोक बाह्रविसे । बुधबार आएको बाढीबाट पीडित घर-परिवारलाई राहत वितरण गरिएको छ । असार २४ बुधबार सिपा. बाह्बाह्रबिसे जम्बुमा आएको बाढीबाट सिन्धुपाल्चोकको बाह्रविसे-५ स्थित जम्बु र खागदलवासीले आफ्नो घर र परिवारका सदस्य गुमाएका थिए ।
नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर-१ का सभापति बालकृष्ण बस्नेतको ब्यक्तिगत खर्चमा ४३ घर-परिवारलाई राहत वितरण गरिएको हो ।उनले बाढीबाट घर-परिवार गुमाउने परिवारका सदस्यलाई आर्थिक सहयोग पनि गरिने बताएका छन् ।

शनिबार बिहान खागदल खहरेले कटान गरेको स्थानमा फड्के बनाएर पीडितका लागि राहत लिएर गयौं,’ बस्नेतले भने, ‘खागदल बस्ती र सडक बगरमा परिणत भएको छ । हामीले पीडितको लागि सकेको सहयोग गर्ने उदेश्यले आज बिहान खाद्यान्न बितरण गरेका छौं ।’







