
काठमाडौं, आज अन्तर्राष्ट्रिय पर्वतीय दिवस शुक्रबार विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।
संयुक्त राष्ट्रसंघ महासभाले सन् २००३ मा घोषणा गरेपछि दीगो पर्वतीय विकासको महत्वमा जोड दिंदै हरेक वर्ष डिसेम्बर ११ तारिखमा यो दिवस मनाउने गरिएको हो ।
दिवसमा जलवायु परिवर्तन र जनसंख्या वृद्धिका कारण पर्वतीय क्षेत्रमा परेको असर न्यूनीकरणमा जोड दिने गरिएको छ ।
पर्वतीय क्षेत्र नै पानीको मुख्य स्रोत भएकाले यसको संरक्षणमा जोड दिँदै आइएको छ । पिउन योग्य पानी र जीवनरक्षक धेरै जडिबुटी पर्वतीय क्षेत्रबाट नै पाइन्छ ।

पृथ्वीको कुल क्षेत्रमध्ये २२ प्रतिशत पर्वत क्षेत्र पर्ने र विश्वको कुल जनसंख्यामध्ये १५ प्रतिशत मानिस पर्वतीय क्षेत्रमा बसोबास गर्ने गरेको संयुक्त राष्ट्र संघले जनाएको छ ।
पछिल्लो समय जलवायु परिवर्तन र जनसख्या वृद्धिका कारण पर्वतीय क्षेत्रमा असर पर्न थालेको छ ।
यही असरलाई न्यूनीकरणमा जोड दिँदै हरेक वर्ष डिसेम्बर ११ मा यो दिवस मनाउने गरिएको छ ।
पर्वतीय जीवनका बारेमा सचेतना जगाउने उद्देश्यले राष्ट्रसंघको आह्वानमा सन् २००३ देखि पर्वतीय दिवस मनाउन सुरु गरिएको हो ।







