
रसुवा, पातञ्जल योग समितिको आयोजनामा रसुवा जिल्लाको कालिका गाउँपालिका -५ जिबजिबेमा गत वर्षको चैत १४ गतेदेखि याेग अभ्यास हुँदै आएकाे छ । बिहान ४:३० बजे देखि ७ बजेसम्म हुने योग अभ्यासले स्थानीयवासीमा स्वास्थ्य रहन महत्त्वपूर्ण भुमिका निर्वाह गरेको बुझाई छ ।
कालिका गाउँपालिका ५ बिजबिजेमा स्थानीय आफैँकाे पहलमा याेग अभ्यास शुरु भएको हो । सो अभ्यासका लागि प्रशिक्षकका रुपमा- सीता पौडेल, ठाकुर अधिकारी शेखर घिमिरे रहेका छन् भने अभ्यासको अध्यक्षता भने नारायण देवकोटा रहेका छ ।
याेग अभ्यासमा टीका देवकोटा, नेत्र प्रसाद लामिछने, मोचनाथ न्यौपाने, सागर पौडेल, मेदनीदत्त देवकोटा, केशव राज लामिछाने श्याम पुडासैनी लगायत २५ देखि ३० जना रहेका छन् ।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड १९ का कारण अधिकांश मानिस तनाब, चिन्ता, विलासिपन र अनिन्द्रा अादिकाे शिकार हुनसक्ने खतरा बढेकाेले आफ्नाे ठाउँबाट यस्ता समास्याहरु कम गराउने उदेश्यका साथ याेग अभ्यासमा अझै जाेड दिने अध्यक्ष नारायण देवकाेटाकाे भनाइ रहेकाे छ ।
बिश्नु प्रसाद लामिछानेको सहयोगमा तयार गरिएको रिपोर्ट







