आइपिएलमा बिकेनन् क्रीकेटर सन्दीप लामिछाने

काठमाडौं, इन्डियन प्रिमियर लिग (आइपिएल ) क्रिकेटको १४ औं संस्करणमा कुनैपनि नेपाली खेलाडी नहुने भएका छन् ।
सो आइपिएलमा दिल्लीबाट दुईवटा सिजन खेलेकालाई कुनैपनि टोलीले नकिनेपछि आइपिएलमा नेपाली खेलाडी नहुने हो ।
सन्दीपका लागि न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ तोकिएपनि कसैले बोली लगाएनन् । उनी विगतमा आवद्ध भएको दिल्ली क्यापिटल्सले पनि बोली लगाएन ।
यसअघि प्रति सिजन २० लाख भारतीय रुपैयाँ दिएर दिल्लीले तीन सिजन सन्दीपलाई अनुबन्धित गरेको थियो । यसपटक दिल्लीले उनलाई फुकुवा गरेपछि लिलामीका लागि नाम थियो ।
यसपटक आइपिएलको अक्सनमा ८ जना नेपाली क्रिकेट खेलाडीले नाम दर्ता गराएपनि अन्तिम सूचीमा सन्दीप लामिछाने मात्र परेका थिए ।
प्रतिकृया दिनुहोस्