दक्षिण कोरिया
नेपालमा हालै आएको भीषण बाढी प्राकृतिक विपद्बाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै दक्षिण कोरियास्थित HANPASS REMITTANCE ले राहत अभियान सञ्चालन गर्ने भएको छ।
अगस्ट २७ देखि सेप्टेम्बर ६, २०२६ सम्म सञ्चालन हुने अभियान अन्तर्गत उक्त अवधिमा हुने प्रत्येक कारोबारबापत HANPASS ले आफ्नै तर्फबाट १,००० कोरियन वन राहत कोषमा योगदान गर्नेछ। राहतका लागि ग्राहकबाट कुनै अतिरिक्त रकम वा शुल्क लिइने छैन साथै कारोबारको रकम सानो वा ठुलो जति भएपनि राहात कोषमा १,००० कोरियन वन जम्मा हुनेछ।

HANPASS का अनुसार अभियानमार्फत जम्मा हुने सम्पूर्ण रकम दक्षिण कोरियास्थित नेपाली राजदूतावासको समन्वयमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ। अभियानबाट संकलित कुल रकमसमेत पारदर्शी रूपमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ।
प्राकृतिक विपद्का कारण देशका विभिन्न क्षेत्रमा जनधनको क्षति भइरहेका बेला पीडित नागरिकको सहयोगमा आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत अभियान अघि बढाइएको HANPASS का ब्यबस्थापक सन्तोष खड्काले बताए। कम्पनीले विपद्को यस कठिन घडीमा नेपाली समुदायसँगै उभिँदै सहयोग र ऐक्यबद्धताका लागि सबैलाई आह्वानसमेत गरेको छ।
“सानो प्रयास, ठूलो आशा” भन्ने सन्देशसहित सञ्चालन हुने यस बृहत अभियानमार्फत विपद् प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्य रहेको र यसमा दक्षिण कोरियामा रहनुभएका सबै नेपाली दाजुभाई दिदिबहिनिहरुले HANPASS मार्फत सानो ठुलो जति सुकै रकम पठाउदा मात्रै पनि यो राहात अभियानमा सहभागी हुन मिल्ने र अटोमेटिक राहात कोषमा प्रत्येक कारोबारमा १००० वन हानपासको तर्फबाट राहात कोषमा जम्मा हुने हुदा सबैलाई यो महान पुण्य काममा सहभागी हुन ब्यबस्थापक खड्काले हार्दिक अनुरोध समेत गरेका छन्। साथै उनी थप्छन्
HANPASS — नेपालीको सुख–दुःखमा सधैँ सँगै।






