फेब्रुअरी २० तारिखका दिनदेखि दक्षिण काेरियामा कार्यरत रहेका दिपक चाैधरी सम्पर्क बिहिन भएको खबर बहिरिएकाे थियोे । तर उनी कम्पनी नजिकैको जंगलमा मृत फेला परेको एनआरएनए दक्षिण काेरियाका अध्यक्ष विपिन कुमार गुरुङले जानकारी दिनुभएको छ।
मृतक चाैधरीले आत्माहत्य गरेकाे पाइएकाे छ । केही दिनदेखि व्यापक खाेजि भैरहेकाे थियोे । बुधबार दिपकलाई नजिकैको जंगलमा मृत भेटिएको हाे।
नेपाल घर बेलौरी नगरपालिका वडा नं. ५, कञ्चनपुर सुदूरपश्चिम निवासी,भएका चाैधरी विगत ८ वर्षदेखि दक्षिण कोरियाको 충청남도 당진시, 합덕읍 मा कार्यरत थिए ।







