फेब्रुअरी २० तारिखका दिनदेखि दक्षिण कोरियामा कार्यरत रहेका दिपक चौधरी सम्पर्क बिहिन भएको छ। उक्त सूचना बाहिरीय पछि दक्षिण कोरियामा चौधरीको खोजी कार्य तिव्र पारिएको छ।
नेपाल घर बेलौरी नगरपालिका वडा नं। ५, कञ्चनपुर सुदूरपश्चिम निवासी,भएका चौधरी विगत ८ वर्षदेखि दक्षिण कोरियाको 충청남도 당진시, 합덕읍 버그내 द्द길 घज्ञ(ढ मा कार्यरत थिए ।
३५ वर्षीय दीपक चौधरी मिति फेब्रुअरी २० तारिख दिउँसो १स्२० बजे देखि सम्पर्क विहीन छन् ।
सोहि दिनदेखि निरन्तर खोजी कार्य भइरहे पनि हालसम्म उहाँको अवस्था सम्बन्धी कुनै जानकारी प्राप्त हुन सकेको छैन। परिवारको आग्रह अनुसार स्थानीय कोरियन प्रहरी कार्यालयमा समेत खोजतलासका लागि निवेदन दिइसकिएको बुझिएको छ।
यदि जो कोहिले देखेमा या भटेमा नजिकको प्रहरी कार्यालय वा आफन्तजनमा जानकारी गराइदिनुहुन अनुरोध गरिएको छ।
सम्पर्क गर्न सकिने व्यक्ति: ईन्द्र चौधरी (गाउँले) – 010-9948-0128







