सविना कार्की
नवलपुर समाज दक्षिण कोरियाको ५औँ अधिवेशन तथा ७औँ साधारणसभा भव्यताका साथ सफलतापूर्वक आइतबार १५ फेब्रुअरीमा सम्पन्न भएको छ। कार्यक्रममा आम नेपालीहरुकाे बाक्लो उपस्थिति रहेकाे थियोे ।अधिवेशनले प्रकाश थापाकाे नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेकाे छ।
संस्थाले विदेशी भूमिमा रहेर पनि मातृभूमिप्रतिको माया, समुदायप्रतिको जिम्मेवारी र एकताको भावना जोगाइ राख्दै संस्थालाई यहाँसम्म पुर्याउन सहयोग गर्नुहुने सम्पूर्ण अग्रज, सदस्य तथा शुभेच्छुकहरूप्रति हामी कृतज्ञ छौँ भन्दै आभार समेत व्यक्त गरेकाे छ।
उक्त अधिवेशनले संस्थागत एकता, पारदर्शिता र सामूहिक प्रतिबद्धतालाई अझ सुदृढ बनाउने विश्वास लिएकाे अध्यक्ष प्रकाश थापाले बताउनुभयो ।
नवनिर्वाचित कार्यसमितिले सबैको भावना समेट्दै संस्थालाई अझ गतिशील, प्रभावकारी र उदाहरणीय बनाउँदै लैजानेमा पनि अध्यक्ष थापाको विश्वास रहेकाे छ।
नवनिर्वाचित कार्यसमितिका नामावली
अध्यक्ष – प्रकाश थापा
ब.उपाध्यक्ष – किशोर पौडेल
उपाध्यक्ष – नारायण पाण्डे
उपाध्यक्ष- श्रीराम अधिकारी हुनुहुन्छ ।
त्यसैगरी महासचिव – पाण्डव खनाल
सचिव – ध्रुव आचार्य
सचिव – शिशिर आचार्य
कोषाध्यक्ष- मधुसुदन सापकोटा
सह-कोषाध्यक्ष – पुजा रूचाल हुनुहुन्छ ।
त्यस्तै सदस्य – अमृत चापागाँई
सदस्य – बिकास देवकोटा
सदस्य- ओम प्रकाश भारति
सदस्य – सन्तोषराज भट्टराई
सदस्य-मन्जु कुमाल
सदस्य- रबि बराल रहनु भएको छ।








