श्रम संस्कृति पार्टी प्रवास संगठन, दक्षिण कोरियाको ख्यङसान शाखामा नयाँ कार्यसमिति गठन गरिएको छ । सम्पन्न भेलाले अशोक राई को अध्यक्षतामा ३३ सदस्यीय कमिटी सर्वसम्मत रूपमा चयन गरेको बताइएको छ ।
नवगठित कमिटीको बरिष्ठ उपाध्यक्ष मा नविन घर्ती मगर चयन भएका छन् ।
त्यसैगरी उपाध्यक्षहरू मा भुपाल राई, जय वाम्बुले र विकाश वाम्बुले रहेका छन् । कमिटीको सचिव मा रेश्मी दुलाल चयन भएकी छन् भने सह-सचिव को जिम्मेवारी नेल्शन लिम्बु लाई दिइएको छ । कोषाध्यक्ष मा श्री चेम्जोङ तथा सह-कोषाध्यक्ष मा बिबेक निङलेखु चयन भएका
छन् ।
सदस्यहरू :
मौसम लिम्बु, हेलन राई, तिलक नाछिरिङ, मनोज राना, शरण लोहनी, विजय राई, अमृत राई, सम्राट लोक्ताम्, अनुप चेम्जोङ, कौशल प्रधान, भुपाल राई, सागर राई, सुनिल बार्सिङ राई, समिर थेबे, हाईलोन तामाङ, राकेश राना साम्पाङ, रोशन ईसारा, बालकृष्ण कार्की, छत्र ब. राई, रेन्जन दोङ तामाङ, ऋतु तामाङ, हिराकाजी राई, नुमा माबो लिम्बु र सौजन लिम्बु सदस्यका रूपमा चयन भएका छन् । भेलामा वक्ताहरूले संगठन सुदृढीकरण तथा सामाजिक एकताका लागि नयाँ कमिटीले सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।







