नेपाल पत्रकार महासंघ काेरिया शाखाकाे ८ औं अधिवेशन आज आइतबार जनवरी ११ तारिखका दिन भव्य रुपमा सम्पन्न भएको छ।
संघले विशिष्ट अतिथि पत्रकार महासंघ जापान शाखाका अध्यक्ष रविन्द्र श्रेष्ठ र सभाअध्यक्ष विशेष अतिथिहरुबाट कार्यक्रमकाे उद्घाटन गरेकाे हाे ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाल पत्रकार महासंघ केन्द्रका अध्यक्ष निर्मला सर्मा भर्चुअल रुपमा रहनु भएको थियोे भने विशिष्ट अतिथिका रुपमा केन्द्रीय उपाध्यक्ष दिपक आचार्य रहनुभएकाे थियोे ।
कार्यक्रममा आम नेपाली जनसमुदाय हरुकाे बाक्लो उपस्थितिमा रहेको थियोे ।






