नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको आठौं अधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । निर्वाचन समितिले आगामी ११ जनवरी, २०२६ मा अधिवेशन तथा मतदान सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको हो ।निर्वाचन समितिका अनुसार २०२६–२०२९ को तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न जनवरी ५ देखि ७ सम्म उम्मेदवारी दर्ता गरिनेछ ।
उम्मेदवारहरूको प्रारम्भिक नामावली जनवरी ८ मा प्रकाशन गरिनेछ भने जनवरी ९ मा दाबी–विरोध तथा उम्मेदवारी फिर्ताको समय तोकिएको छ । उम्मेदवारहरूको अन्तिम नामावली जनवरी १० मा सार्वजनिक गरिने समितिले जनाएको छ ।
निर्वाचनका लागि विभिन्न पदअनुसार उम्मेदवारी शुल्क निर्धारण गरिएको छ । अध्यक्ष पदका लागि ५ लाख कोरियन वन, वरिष्ठ उपाध्यक्षका लागि ३ लाख, उपाध्यक्ष र महासचिवका लागि २–२ लाख वन तोकिएको छ । निर्धारण गरिएको छ ।






