गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद, दक्षिण कोरियाले नाेभेम्बर २ तारिख आइतबारका दिन गरिने परिचयात्मक भेटघाट तथा अन्तरक्रिया कार्यक्रमकाे सम्पूर्ण तयारी पूरा भएको संघका उपाध्यक्ष बिकास बाेहराले बताउनुभएको छ ।
संघले सहकार्य,साझेदारी र सह-अस्तित्व निर्माणको निम्ति दक्षिण कोरियामा रहेका संघ-संस्थाहरुसंग परिचयात्मक भेटघाट तथा अन्तरक्रिया गर्न लागिएको हाे । कार्यक्रम सउलसी छुङ्राेगु छाङ्सीनगील ५१,५ औं तलामा हुने जनाएको छ । 
उक्त कार्यक्रममा काेरिया स्थित सम्पूर्ण संघ संस्थाका प्रतिनिधिहरु, एनआरएनएका सम्पूर्ण अग्रज, संरक्षक, सल्लाहकार, व्यस्थापक, पुर्व पदाधिकारी, पत्रकार, पंजीकृत सदस्य लगाएत सम्पूर्ण नेपालीहरुलाई उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिसकेकाे बताइएको छ ।







