भुपाल थापा मगरको स्वास्थ्य उपचार र नेपाल फर्कन सहयोगको अपिल

उमेश जंङ्ग कार्की – विगत १३ महिनादेखि वैदेशिक राेजगारका लागि यूएईमा रहेका भुपाल थापा मगरलाई ब्रेन ट्यूमर भएको छ। थापा मगरलाई ब्रेन ट्यूमर भई यूएईको अस्पतालमा उपचार गराइरहेकाे छ। उनको स्वास्थ्य उपचार तथा नेपाल फर्किनका लागि आर्थिक अवस्था कमजोर भएकोले यूएई वासी आम नेपाली समक्ष सहयोगको अपिल गरिएको छ ।
भुपाल खोटाङ जिल्ला र हाल अस्थायी बसोबास सुनसरी, इटहरी–२ मा रहन्छन् भुपाल थापा मगर १३ महिना देखि यूएईमा हाउसकीपिङ पेशामा कार्यरत थिए ।उनका आफन्तले यूएईमा अत्यधिक खर्चका भएको कारणले पनि उनलाई नेपाल फर्काएर उपचार गराउन चाहेका छन् त्यसका लाथि भुपालकाे उपचार खर्च अस्पतालमा ३७ हजार यूएई दिराम बुझाउन पर्नेछ एक स्राेतले बताए अनुसार उक्त रकम अभावका लागि पनि सहयोग अभियान चलाउनु परेकाे हाे ।हाललाई यूएनडीसी संस्थाले सहयोग अभियान चलाएको छ ।


लेखकको सम्वन्धमा