सुनसरी समाज युएईकाे चौथो अधिबेशन सम्पन्न,अध्यक्षमा सरु कटुवाल चयन

उमेश जंङ कार्की- सुनसरी समाज यूएईको चाैथाे अधिवेशन जुन २२ तारिख आइतबारका दिन वरदुबाई आब्रा नेपाली पीएनडी गाउँबेशी रेस्टुरेन्टको सभाकक्षमा सम्पन्न भएको छ।

कार्यक्रम यूएईमा अवस्थित नेपालीहरुकाे बाक्लो उपस्थितिका बिच सम्पन्न भएको हाे । अधिवेशन सम्पन्न भएसँगै आगामी कार्यकालका लागि अध्यक्ष पदमा सुरु कटुवाल निर्विरोध चयन हुनुभएको छ। उहाँले संस्थाको स्थापनाकालदेखि याेगदान दिनुभएको थियो ।

सुनसरी जिल्ला घर भएका विगत ०१२ देखि वैदेशिक राेजगारीका लागि यूएईमा हुनुहुन्छ ।
सुनसरी समाज यूएईको सदस्य , वरिष्ठ उपाध्यक्ष हुँदै सुरु कटुवाल हाल अध्यक्ष बन्नुभएकाे हाे ।