May 23, 2025, Friday
२०८२ जेष्ठ ११, शनिबार

मे ११ तारिखमा २५६५ औं बुद्ध जयन्ती विशेष समारोह कार्यक्रम हुने

मे ११ तारिख आइतबारका दिन २५६५ औं बुद्ध जयन्ती विशेष समारोह कार्यक्रम हुने भएको छ ।

नेपाली राजदुतावास दक्षिण कोरियाको संरक्षकत्व र नेपाली सम्पर्क समिति दक्षिण कोरियाको संयोजन,नेपाल बुद्धिष्ट फ्यामली, नेपाल बौद्ध परिवार कोरियाको सहकार्य, पत्रकार महासंघ दक्षिण कोरियाको मिडिया संयोजन ,कोरियामा क्रियाशील संघ संस्था , सामाजिक अभियान्ता र विशेष व्यक्तिको साथ सहयोगमा सन २०१८ मा कोरियाको ख्याङगिदो योङगिनमा निर्माण भएको नेपाली बुद्ध गुम्वा र बुद्धको प्रतिमा स्थापना भएकै स्थानमा नेपाली सम्पर्क समिति , आदिवासी जनजाती महासंघ द.कोरिया,नेपाल बैद्ध परिवार ,सुदूरपश्चिम समाज दक्षिण कोरिया,पुर्वी नेपाल समाज कोरिया,बागमती प्रदेश एकता समाज,कर्णाली प्रदेश समाज दक्षिणकोरिया,गण्डकी प्रदेश समाज कोरिया र लुम्बिनी प्रदेश समाजको संयुक्त आयोजनामा र नेपाल पत्रकार महासंघ कोरियाको मिडिया संयोजन तथा कोरियामा रहेका सम्पुर्ण मिडियाको साथ र सहकार्यमा “२५६९औं बुद्ध जयन्ति विशेष समारोह”भव्य रुपमा गरिने भएकोले काेरियामा अवस्थित सम्पूर्ण नेपाली हरुमा उपस्थितिका लागि आयाेजक टिमहरुले निमन्त्रणा गरिएको छ ।