काेरिया सन्देश जर्नल विमाेचन कार्यक्रमकाे सम्पूर्ण तयारी पूरा भइसक्यो : अध्यक्ष खतिवडा
यहि मार्च २३ तारिख आगामी आइतबारका दिन नेकपा माओवादी केन्द्रको प्रवास संगठन जनप्रगतिशील मञ्च दक्षिण कोरियाले सिओलमा अबस्थित एक बैंकको भवनमा “कोरिया सन्देश” नामक जर्नल विमोचन कार्यक्रम गर्ने भएको छ। उक्त कार्यक्रमकाे सम्पूर्ण तयारी पूरा भइसकेको संगठनका अध्यक्ष जीवन खतिवडाले बताउनु भयो ।

नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाका अध्यक्ष जीवन खतिवडाले कार्यक्रमकाे सम्पूर्ण तयारी भैसकेकाे हाम्रो कान्तिपुरलाई बताउनुभएको छ । उहाले कार्यक्रम बाक्लाे उपस्थितिका साथ भव्य र सभ्य हुने विश्वास व्यक्त गर्नुभयो ।
त्यसाेत छैठौं राष्ट्रिय अधिवेशन पश्चात नवनिर्वाचित केन्द्रीय समितिले गत सेप्टेम्बर १५ मा सेप्टेम्बर बसेको प्रथम पूर्ण बैठकले “कोरिया सन्देश” नामक जर्नल प्रकाशित गर्ने निर्णय पारित गरेको हाे ।
उक्त जर्नल मार्फत अभियानको रुपमा हाललाई दुईवटा लक्ष्य निर्धारण गरेको र पहिलो लक्ष्य विशेषगरी कोरिया स्थित नेपाली समुदाय र सकेसम्म समग्र कोरियालाई पनि नेपालको बारेमा विभिन्न जानकारी सहित समसामयिक परिस्थितिको बारेमा अवगत गराउने र नेपाल वा विश्वको जुनसुकै कुनामा रहेका नेपालीहरुलाई कोरिया र कोरिया स्थित नेपाली समुदायसँग सम्बन्धित हरेक सूचना सन्देश एवं गतिविधिहरु सम्प्रेषण गर्ने रहेको पनि अध्यक्ष खतिवडाले बताउनुभयो ।

त्यस्तै दोस्रो लक्ष्य यस जर्नल मार्फत नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाले लिएको कार्यनीति “समृद्ध नेपाल निर्माणको निम्ति प्रवासीहरुद्वारा वैधानिक विप्रेषण, प्रवासबाटै मताधिकार प्राप्ति र स्वदेशमा लगानी मैत्री वातावरण” भन्ने मूल नारालाई व्यवहारत कार्यान्वयन गराउन भूमिका खेल्ने र पार्टी संगठनको नीति विचार र कार्यक्रमलाई सम्पूर्ण नेपालीहरु माझ पुर्याउने रहेको समेत खतिवडाले बताउनुभएको छ। अध्यक्ष खतिवडाले काेरियामा रहेका सम्पूर्ण नेपालीहरुलाई कार्यक्रममा उपस्थित हुनका लागि आह्वान गर्नुभएको छ ।
लेखकको सम्वन्धमा